जुम्ला बारागाउँकी एक किशोरीको भीरबाट लडेर मृत्यु
जुम्ला,माघ ९ । जिल्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लास्थित तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो ।
उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार आईसियूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।
भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पुर्याइएको थियो । उनको होस नआई मृत्यु भएको हो । शुक्रबार उनी जडिबुटी खोज्न जादा भीरबाट लडेको बताइएको छ।

