रुकुम पश्चिममा चुलो नजिकै सुताएका शिशुको मृत्यु, आमा घाइते



पश्चिम रुकुम,माघ १० । रुकुम पश्चिममा घरको चुलो नजिकै सुताएका एक नवजात शिुशुको जलेर ज्यान गएको छ । चौरजहारी नगरपालिका ६ शान्तिबजारमा आइतबार बिहान ओछ्यानमा आगो सल्किएर १९ दिने नवजात शिशुको ज्यान गएको हो ।

सुतिरहेको ओछ्यानमा आगो सल्किँदा रिमबहादुर रोकाका १९ दिने शिशु सुनिलको जलेर ज्यान गएको हो । बच्चालाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुई वटै हात पोलोर घाइते हुनुभएको छ ।

चुलो नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको ज्यान भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण डाँगीले जानकारी दिनुभयो ।

घाइते हुनुभएकी आमा चौरजहारी अस्पतालमा उपचारपछि घर जानुभएको छ । आमा कामले कोठाबाहिर गएका बेला ओछ्यानमा आगो सल्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्