रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला
बुटवल,माघ ११ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा शव भेटिएको छ ।
सो जंगलमा एक महिला र एक बालिकाको शव भेटिएकोदुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

