टोखा-छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन अर्थमन्त्री शर्माको ध्यानाकर्षण
काठमाडौं,माघ ११ । टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य तत्काल अघि बढाउन अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराइएको छ।
लामो समयदेखि वर्षैपिच्छे सुरुङ्ग मार्गको कुरा उठेपनि निर्माणका विषय नउठेको भन्दै नुवाकोटका नेता तथा संघीय सांसद हितबहादुर तामाङ नेतृत्वको एक टोलीले अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराएका हुन ।
अर्थमन्त्री शर्मालाई प्रत्यक्ष भेटेर मंगलबार सांसद तामाङसहित संविधानसभा सदस्य विमला सुवेदी, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र वाग्मती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुंगाना, सचिवालय सदस्य पुष्प लामिछाने लगायतको टोलीले मन्त्री निवास पुल्चोक पुगेर टोखा-गुर्जे भञ्ज्याङ-छहरे सुरुङमार्गका साथै अन्य स्तरोन्नतिका पक्ष अलपत्र परेको बारे ध्यानाकर्षण गरिएको हो।
टोखा-छहरे सुरुङमार्गका साथै पासाङल्हामु सडकको बालाजु-रानीपौवा र रानीपौवा-पीपलटार खण्ड समेत यथासक्य निर्माणका लागि आवश्यक आर्थिक तथा भौतिक पहल गरिदिन अर्थमन्त्री शर्मासँग माग गरेको श्रोतले जनाएको छ ।

