नुवाकोटको पिपलटारमा कार दुर्घटनाग्रस्त
नुवाकोट,माघ १२ । जिल्लाको सदरमुकाम विदुर नगरपालिका वडा नम्बर ५ लिपलटारमा एक कार कल्भर्ट्मा ठोक्किएर दुर्घटनाग्रस्त भेटिएको छ ।
बुधबार बिहान स्थानीयले सो कार दुर्घटनाग्रस्त भेटेपछि प्रहरीलाई खबर गरेको बताएका छन् ।
बा ६ च ३९०२ नम्बरको सो कार कस्को हो, क्षति के कति भए भन्ने बारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

