निर्माण सकेर टेको झिक्दा नै भाँचियो ६ करोडको पुल
पोखरा,माघ १२ । पोखरा महानगरपालिकाको गगनगौँडा र लामगाँदे जोड्ने पुल सञ्चालनमा नआउँदै भाँचिएको छ ।
६ करोड ११ लाखमा निर्माण भएको सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएको हो ।
एलिट कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको स्टिल ट्रस बांगिएको छ भने माथिल्ला संरचना चर्किएका छन् । कम गुणस्तरका सामग्री प्रयोग गरेका कारण क्षति भएको स्थानीयले बताएका छन् ।

