नेपालको जनसंख्या सार्वजनिक, यस्तो छ प्रारम्भिक नतिजा
काठमाडौ,माघ १२ । नेपालको जनसंख्या सार्वजनिक भएको छ । जनगणना २०७८ मा गरिएको प्रारम्भिक तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
बुधबार तथ्यांक बिभागले दिएको जानकारी अनुसार यो १० बर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल २करोड ९१ लाख ९२ हजार ४८० मध्य पुरुष १करोड ४२ लाख ९१ हजार ३११ र महिला १करोड ४९ लाख ०१ हजार १६९ रहेका छ्न।
जनसंख्या वृद्धि दर ०.९३% रहेको छ भने जनघनत्व : १९८ जना प्रति वर्ग किमि रहेको छ।बिदेशमा बसेका नेपाली को संख्या २१ लाख ६९ हजार ४७८ रहेका छ्न,जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९४५ रहेको तथा प्रति परिवार संख्या ४.३२ रहेको पनि तथ्यांक बिभाग ले जानकारी दिएको छ।

