दाङमा प्रदेश सभा सदस्य चौधरीको सवारी दुर्घटना



काठमाडौँ,माघ १२ । जारी राष्ट्रिय सभा निर्वाचनमा मत खसाल्न जाने क्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तुलसी चौधरीको सवारी दुर्घटना भएको छ ।

निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा उनी सवार बा २ झ ३४४४ स्कारपिओ ट्रकसँग ठोक्किएको थियो ।

गढवा गाउँपालिकाको कालाकाटेमा भएको दुर्घटनामा पर्दा चौधरीको हातमा सामान्य चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्