सबैभन्दा धेरै जनसंख्या बाँकेका तीन गाउँपालिका, पहिलो बैजनाथ गाउँपालिका
बाँके,माघ १२ । देशभरका गााउपालिकामध्ये बाँकेको बैजनाथ गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ ले गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ३ ओटा गाउँपालिकाहरुमा बाँके जिल्लाका बैजनाथ,राप्तीसोनारी र खजुरा रहेका छन् ।
बैजनाथ गाउँपालिकामा जनसंख्या ७०,३१५ रहेको सबैभन्दा कम जनसंख्या मनाङ्गको नार्फाभुमि गाउँपालिकामा ४४२ रहेको छ ।

