पाल्पामा ट्यांकरले स्कुटीलाई ठक्कर दिँदा महिलाको मृत्यु
पाल्पा,माघ १२ । पाल्पामा ट्यांकरको ठक्करबाट स्कुटीमा सवार एक जना महिलाको मृत्यु भएको छ । बर्तुङमा बुधबार ट्यांकरले ठक्कर दिँदा मृत्यु हुनेमक माथागढी गाउँपालिका–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
पचभैयाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङदेखि प्रभासतर्फ जाँदै गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशामा जाँदै गरेको लु ४६ प १६१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
घटनास्थलमा घाइते भएकी गाहाको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा मृत्यु भएको स्कुटीलाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

