नुवाकोटमा जनसंख्या घट्यो
नुवाकोट,माघ १२ । नुवाकोटको जनसंख्या घटेको छ । बुधबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नुवाकोटको जनसंख्या शुन्य दशमलव ५१ प्रतिशतले घटेको हो ।
केन्दिय तथ्याङ विभागका अनुसार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नुवाकोटको जनसख्या घटेर २ लाख ६२ हजार ९ सय ८१ पुगेको छ ।
जिल्लामा पुरुषको भन्दा महिलाको संख्या बढी रहेको केन्द्रिय तथ्याङ कार्यालयले जनाएको छ । नुवाकोट महिलाको संख्या एक लाख ३४ हजार १ सय ३२ रहेको छ भने पुरुषको संख्या एक लाख २८ हजार ८ सय ४९ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नुवाकोटको कुल जनसंख्या २ लाख ७७ हजार ४ सय ७१ रहेको थियो ।

