राष्ट्रियसभा बैठक माघ १७ गते



काठमाडौं,माघ १३ । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् ।

लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्