काठमाडौंको शंखरापुरमा एक दम्पति घरमै मृत भेटिए
काठमाडौं,माघ १३ । काठमाण्डौँ शंखरापुर नगरपालिका ३ बोझेनीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् ।
गएराति सकुसल सुतेका ५२ वर्षका पदम बहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ बिहीबार बिहान मृत भेटिएका हुन् ।
आगो बालेर सुतेका दम्पत्तिको निसासिएर मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।

