सिआईबीद्वारा नुवाकोट शिवपुरीका लवराज ओली पक्राउ



नुवाकोट,माघ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोट शिवपुरीका लवराज ओलीलाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका ४० वर्षीय लवराज ओलीलाई सीआईबीले अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।

सीआईबीको टोलीले ओलीलाई हिजो बुधबार नुवाकोटको गुर्जेभञ्ज्याङ्बाट पक्राउ गरेको जनाएको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओलीलाई प्रहरीले खोजी तथा निगरानीमा राखेको जनाएको छ । ओली उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ९ लाख ६३ हजार रुपियाँ जरिवाना ठहर भई फरार रहेको प्रहरीले जनाएको छ ।

ओलीले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी ज्योति विकास बैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको खाताबाट भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट उक्त फैसला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्