सार्वजनिक स्थलमा भद्दा मजाक (प्र्यांक) नगर्न निर्देशन
काठमाडौं,माघ १३ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न निर्देशन दिएको छ ।
पछिल्लो समय यस्ता गतिविधि बढेको भन्दै मन्त्रालयले सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न निर्देशन दिएको हो ।
सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि व्यक्तिको सहमति बिना त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।


