उपत्यकामा जोर-बिजोर हटाउने तयारी
काठमाडौं,माघ १४ । उपत्यकामा जोर-बिजोर हटाउने तयारी गरिएको छ । उपत्यकाभित्र यातायात सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने तयारी गरिएको हो ।
यसअघि कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले सार्वजनिक यातायातमा ल्याएको जोर बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझाव सरकारलाई पुगेसंगै जोरबिजोर प्रणाली हटाउन लागिएको बुझिएको छ ।
शुक्रबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बसी जोर बिजोर प्रणाली हटाउने निर्णय लिन लागिएको बताइएको छ ।

