रुखबाट लडेर मकवानपुरगढीकी युवतीको मृत्यु
हेटौंडा,माघ १४ । मकवानपुरगढीमा रुखबाट लडेर एक युवतीको ज्यान गएको छ ।
मकवानपुरगढी वडा नम्बर २ स्थित अदुवाखर्ककी २२ बर्षीय प्रमिला योञ्जनको रुखबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन् ।
उनी बिहिबार साँझ घर नजिकै जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेको र मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।घटना हिजो साँझको भएकोले घटनास्थललाई सुरक्षित राखेर आज बिहान मात्र आवश्यक अनुसन्धान र शवको मुचुल्का उठाउने काम गरिएको प्रहरीले जनाएको छ ।

