सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हट्यो



काठमाडौं,माघ १४ । उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ।

शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार मध्यरातदेखि लागू हुनेगरी यो निर्णय भएको हो। जोरबिजोर प्रणाली गत शुक्रबारदेखि लागु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्