कोरोनाविरुद्धको एक करोड १८ लाख खोप स्टक



काठमाडौं,माघ १४ । नेपाल सरकारसँग कोरोना भाइरसविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

मन्त्री खतिवडाले हालसम्म नेपालमा चार करोड २० लाख ४९ हजार ६४० मात्रा खोप विभिन्न विधिबाट भित्रिएकोमा ३ करोड ६ लाख ४ हजार १५२ मात्रा प्रयोग भइसकेको जनाएका छन् । उनका अनुसार यो एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जान्सन एन्ड जान्सन, मोडर्ना, फाइजर खोप प्रयोगमा आएको छ । पछिल्लो समय १२ वर्षमाथिका सबैका लागि खोप अभियान सुरु भएको पनि उनले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्