ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले ल्होछारमा ३ दिन बिदा दिने



ललितपुर,माघ १५ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछारको अवसरमा ३ दिन बिदा दिएको  छ । गाउँपालिकाले माघ १० गते सूचना जारी गरी माघ १९‚२० र २१ गतेसम्म बिदा दिने निर्णय गरेको जनाएको छ ।

ल्होछारको अवसरमा गाउँपालिकाको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरू बन्द रहने अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए । तामाङ बाहुल्य बसोबास भएकोले उनीहरूको सांस्कृतिक पहिचानलाई विशेष महत्त्व दिएर बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सिङतानले बताए ।

अघिल्लो वर्षमा पनि यस पालिकाले ३ दिन बिदा दिइएका थिए

प्रतिक्रिया दिनुहोस्