वाग्मती प्रदेशद्वारा ल्होसार र न्वागीमा सार्वजनिक विदा घोषणा



काठमाडौं,माघ १७ । वाग्मती प्रदेशद्वारा ल्होसार र न्वागीमा सार्वजनिक विदा दिने घोषणा गरिएको छ ।

वाग्मती प्रदेश सरकारले तामाङ समुदायको विशेष पर्व ल्होसार र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्