नुवाकोट प्रवेश नाका गुर्जुभञ्ज्याङमा हिमपात



नुवाकोट,माघ १८ । नुवाकोट-काठमाडौं सिमाना गुर्जुभञ्ज्याङ् मा हिमपात भएको छ ।

मंगलबार साँझ सो क्षेत्रमा हिमपात भएको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका सहायक प्रहरी निरीक्षक हेमराज पौडेलले बताए ।

केहि समय बाक्लो हिउँ समेत परेकाले सवारी आवागमनमा होसियारी अपनाउन समेत असई पौडेलले बताए । माथिल्लो क्षेत्रमा सडक पूर्ण ढलान रहेकोले बाक्लो शीत र हिउँले सवारीसाधन चिप्लिरहेकाले होशियारी अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्