हेटौंडामा सवारी दुर्घटना हुँदा १ को मृत्यु १ घाइते



हेटौंडा,माघ १९ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार  मकवानपुर बकैया-७ बस्ने ३७ बर्षका शिब प्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ। मृतक सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। 

त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक दोलखा बस्ने ४६ बर्षीय थनक प्रसाद दुलाल घाइते भएको जनाइएको छ।बुधबार दिउँसो पुर्व-पश्चिम सडकखण्डमा बाराबाट हेटौडा तर्फ आउदै गरेको  ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशा बाट जादै गरेको बागमती प्रदेश ०२-०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा  ठक्कर खादा दुर्घटनाग्रस्त भएको हो। ठक्कर दिने बस तथा चालक नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्