नुवाकोटमा टिप्परको ठक्करबाट तामाङको ज्यान गयो



नुवाकोट,माघ १९ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ नयाँपुलमा टिप्परको ठक्करबाट एकजनाको ज्यान गएको छ।

बुधबार भएको सो दुर्घटनामा परी किस्पाङ गाउँपालिका वडा नं ५ मानेगाउँ बस्ने अन्दाजी ३२ बर्षीय यम बहादुर तामाङको ज्यान गएको हो । तामाङको त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी रूपक खड्काले जानकारी दिएका छन् ।

बा ३ ख ८५१०० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ७१ प ४६७६ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको थियोे । फरार रहेका टिपर चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्