नुवाकोटको थान्सिङ हुँदै छहरे टोखा चल्ने यातायात अवरुद्ध



नुवाकोट,माघ २० । नुवाकोटको थान्सिङ हुँदै छहरे टोखा चल्ने यातायात अवरुद्ध भएको छ ।

बुधबार साँझ स्थानीय एक पैदलयात्रीलाई बोलेरोले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएपछि स्थानीयले बाटो अवरुद्ध गरेका हुन।

लिखु गाउँपालिका वडा नम्बर ३ निवासी वर्ष ५५ का रामशरण जर्घामगरलाई बा १० च ९४०७ बोलेकोले ठक्कर दिदा घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

स्थानीय नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि यस क्षेत्र हुँदै काठमाडौ तथा नुवाकोट आवतजावत हुने सम्पुर्ण यातायात ठप्प भएको थान्सिङ प्रहरी पोस्टका असई रामबहादुर घिसिङले बताए । सवारी आवागमन खुलाउने प्रयास भैरहेको असई घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्