झापाको जुत्ता कारखानामा आगलागी



झापा,माघ २० । झापाको जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ काँकरभिट्टामा रहेको एसएस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हो ।

बिहीबार दिउँसो श्याम खेतानले सञ्चालन गरेको जुत्ता कारखानामा आगलागी भएको बुझिएको छ । आगलागीको कारण भने हालसम्म खुल्न नसेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि ६ वटा बारुणयन्त्र परिचालन गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । मेचीनगर नगरपालिकाको बरुणयन्त्र बिग्रिएका कारण समयमा दमकल पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्