नुवाकोट थान्सिङमा निर्माणाधीन मरणपाटी बाटोका लागि पूर्वमन्त्री तामाङले गरे आर्थिक सहयोग



नुवाकोट, माघ २० । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित थान्सिङमा निर्माणाधीन मरणपाटी मुल बाटो निर्माणका लागि माओवादी केन्द्र नुवाकोटका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले आर्थिक सहयोग गरेका छन् ।

जनस्तरमार्फत संकलित रकमबाट बन्दै गरेको मरणपाटी जाने बाटो निर्माणका लागि पूर्व सांसद तामाङले ब्यक्तिगत ३२ हजार रकम सहयोग गरेको निर्माण समितिका अगुवा युवा सुमन भण्डारीले बताए ।

सांसद तामाङसहित अन्य चारजना स्थानीयले समेत सो बाटोका लागि आर्थिक सहयोग गरेका छन् । अन्य सहयोगीहरुमा मधुनारायण श्रेष्ठले रुपैयाँ १ हजार, माधब अधिकारीले २१ सय २१, बाबुराम श्रेष्ठले १ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । हालसम्म जनस्तरबाट झण्डै ८ लाख संकलन भैसकेको निर्माण कमिटीका प्रकाश अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्