मकवानपुरको सिमभञ्याङमा हिमपात,राजपथ ठप्प
हेटौंडा, माघ २१ । बिहीबार राती देखीपरेको पानीसंगै हिमपात भएको छ । मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा हिमपात समेत भएको छ।
अविरल बर्षसँगै हिमपात हुदा त्रिभुवन राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताएका छन।
१ फिट भन्दा बढी बाक्लो हिमपात भएको र राजपथ अवरुद्ध बनेको र थाहानगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको निरीक्षक तिमिल्सिनाले बताए ।

