नुवाकोट पञ्चकन्याको पर्यटकीय घ्याङस्वारा पार्कमा हिउँको रोमाञ्चक दृश्य
नुवाकोट, माघ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारा पार्कमा हिउँको रोमाञ्चक दृश्य देखिएको छ ।
शुक्रबार बिहानैदेखि धुम्मिएको मौसमसगै हिमपात भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख हेमनारायण महतोले जनाएका छन् ।
हिउँको रोमाञ्चक दृश्य अवलोकनका लागि गाउँपालिकाका केहि कर्मचारीका साथ गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ समेत सो पार्क पुगेका छन् ।
अध्यक्ष तामाङका अनुसार हाल गाउँपालिकाको कार्यलय क्षेत्रमा समेत हिमपात भैरहेको छ ।


