दुर्घटनामा धादिङ गल्छीका आमा छोराको मृत्यु
धादिङ,माघ २१ । सडक दुर्घटनामा धादिङ गल्छीका आमा छोराको मृत्यु भएको छ । शुक्रबार बिहान भएको सो दुर्घटनामा भ्यानमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुग्लिनबाट भरतपुरका लागि गुडेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपरमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगाना रहेका छन ।सो दुर्घटना नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने ठाउँमा भएको थियोे ।

