शिवपुरीमा हिमपात (हेरौं तस्बिरहरु)
नुवाकोट ,माघ २१ । मौसम बदली भएपछि नुवाकोटका अधिकांश स्थानमा शुक्रबार हिमपात भएको छ ।
जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकासहित विभिन्न उच्च भू–भागहरूमा हिमपात भएको हो ।
यसपालि पछिल्लो समय परेको हिमपातले यहाँको जनजीवन उत्साहित बनेपनि हिउँदे बाली तोरी तथा गहुँमा क्षति पुराएकाले केहि किसान समस्यामा परेका छन् ।
वर्षा र हिमपातसँगै चिसोले बाहिर निस्कन समस्या भएको छ । लगातारको बिग्रदो मौसमले चिसो भने बढेको स्थानीयले बताएका छन् । कतिपय सवारीसाधन भने बाटोमै अलपत्र परेका छन् ।
हेरौं तस्बिरहरु:












