गोरखामा भिरबाट लडेर शिक्षक अधिकारीको मृत्यु



गोरखा,माघ २१ । गोरखामा भिरबाट लडेर वर्ष ३३ का शिक्षक सुशील अधिकारीको मृत्यु भएको छ । अधिकारी गोरखाको भच्चेक स्थित सिस्नेरी भिरबाट लडेर मृत्यु भएको हो ।

अधिकारीको बिहीबार भच्चेक बजारमा सामान खरिद गरेर लमजुङको बिचौर तर्फ जादै गर्दा बेपत्ता भएका थिए । बिचौरमा नै श्रीमती संग बस्दै आएका अधिकारी रातीसम्म पनि डेरामा नपुगे पछि उनका श्रीमतीलाई आफन्तलाई खबर गरेको र शुक्रबार खोजी गर्ने क्रममा भिरबाट लडेको अवस्थामा फेला परेको बताइएको छ ।

अजिरकोट गाउँपालिका ३ को सिस्नेरी भिरबाट लडेर १५० मिटर तल रहेको चेपे नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्