हिमपातका कारण लामोसाँगु–जिरी सडकखण्ड अवरुद्ध
दोलखा,माघ २१ । हिमपातका कारण लामोसाँगु–जिरी सडकखण्ड अवरुद्ध भएको छ ।
केहि समय अघिदेखि लामोसाँगु–जिरी सडकखण्ड अन्तर्गत खरिढुंगा क्षेत्रमा सडक अवरुद्ध भएको हो । गएरातिदेखि परेको हिमपातका कारण खरिढुंगा क्षेत्रका सडकमा हिउँ जमेकाले सडक अवरुद्ध बनेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए ।
खरिढुंगा चेक पोष्टका असई प्रकाश केसीले भने- ‘सडकको दायाँ/बायाँ ३ फिट हिउँ जमेको छ । काठमाडौंँबाट दोलखा फर्कने र राजधानी काठमाडौं प्रवेश गर्ने ठुला तथा साना सवारी साधानहरु बिच बाटोमै अलपत्र परेका छन् । आवतजावत बन्द भएपछि यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।’

