बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर
काठमाडौं,माघ २१ । बजाजले टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गत बिगत १५ बर्षदेखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रालिले सम्पूर्ण सुविधासहित नयाँ आउट लेट सेल तथा सर्भिसिङ स्थापना गरेको हो । सो सेन्टरले टोखा र ग्रीनल्याण्ड स्थित नयाँ भाटभटेनी संगै सर्भिसिङ सेन्टर स्थापना गरेको जनाएको छ ।
नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले थप सुविधासहित बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएसंगै यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराई स्थानीयलाई बढी सुविधा प्रदान गर्ने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले बताए ।
यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गरेका छन । एक दिनमा २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालयको समेत व्यवस्था गरिएको छ। नयाँआउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिज का लागि समेत सहज बनाउने कम्पनीले जनाएको छ।

