नेपाल टेलिकमले १८औं वार्षिकोत्सब: शनिवार दिनभर कल फ्रि हुने
काठमाडौं,माघ २२ । नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले शनिबार आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ । यस अवसरमा कम्पनीले २४सैं घण्टा भोएलटीई कल फ्री गरिएको जानकारी दिएको छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरने कलमा मात्र लागू हुने जनाइएको छ । एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै पनि चार्ज लाग्ने छैन। सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।
एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै पनि चार्ज लाग्ने छैन। सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।
साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ । कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी यस अघिनै डेटा प्याक अफर पनि ल्याएको छ ।

