आजबाट पश्चिम नेपालमा मौसम सुधार



काठमाडौं,माघ २२ । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार देशभर बदली र वर्षा भयो । शनिबार पश्चिम नेपालमा मौसम सफा हुनेछ भने पूर्वी नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार देशभर नै घाम लागेन ।

‘यो प्रणाली अलि ठूलो भएकाले आज (शुक्रबार) दिनभर नै हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भयो,’ उनले भने । केहीबेर पानी पर्ने, रोकिने, फेरि पानी पर्ने भइरहँदा दिनभर जनजीवन प्रभावित बन्यो ।

प्रतिक्रिया दिनुहोस्