प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना : ६ जनाकाे मृत्यु



प्यूठान,माघ २२ । प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परेको छ ।

सो जिप दुर्घटनामा परी ६ जनाकाे ज्यान गएको प्रहरीले जनाएको छ । नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप दुर्घटनामा परेको प्युठान प्रहरीले जनाएको छ ।

ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ   ।

६ जनाको घटनास्थलमै मृत्यु भएको सो दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियाे ।

प्रतिक्रिया दिनुहोस्