नुवाकोटमा खाल्डोमा परी बालिकाको ज्यान गयो
नुवाकोट,माघ २२ । नुवाकोटमा खाल्डोमा परी बालिकाको ज्यान गएको छ । विदुर नगरपालिका-६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खनिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो ।
ज्यान गुमाउने बालिका सर्लाही बरथहवा नगरपालिका-१५ स्थायी घर भई विदुर नगरपालिका-६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको हो । बालिकाकी बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।

