कपिलवस्तु कृष्णनगरका मेयर नेपाली काङ्ग्रेसमा प्रवेश
कपिलवस्तु,माघ २२ । कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोही क्षेत्रबाट निर्वाचित सांसद अभिशेख प्रताप शाहको पहलमा उनी कांग्रेस प्रवेश गरेका हुन् ।
२०७४ असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बनेर कृष्णनगरको मेयर निर्वाचित भएका थिए ।कृष्णनगरमा लोकप्रिय रहेका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वका साथ हेरिएको छ।
शनिबार लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सासंद अभिषेक प्रताप शाह, जिल्ला सभापति अब्दुल कलाम खाँ ले नगरप्रमख शाहलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । नेपाली कांग्रेस कपिलवस्तुले शाहसहित एक हजारभन्दा बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेको दावी गरेको छ ।

