हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो



बैतडी,माघ २३ । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ ।

हिमपातका कारण बिहीवारदेखि अवरुद्ध उक्त राजमार्ग आइतबार मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायत स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीवारदेखि बाटो बन्द थियो । खड्काले भने, ‘दुई स्काभेटरको प्रयोग गरी राजमार्ग सञ्चालन गरिएको छ, यसअघि लगातारको हिमपात र सडकमा बाक्लो हिउँ जमेकाले ढिलाइ भयो ।’

प्रतिक्रिया दिनुहोस्