नुवाकोट थानापति दामचन्द्र माला मन्दिरमा धर्मशाला शिलान्यास



नुवाकोट,माघ २३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित थानापतिमा दामचन्द्र माला मन्दिरमा धर्मशाला शिलान्यास भएको छ । आइतबार थानापति मन्दिर परिसरमा एक कार्यक्रम बीच सो धर्मशालाको शिलान्यास भएको हो ।

धर्मशालाको नेकपा एमालेका केन्द्रिय सदस्य जगन्नाथ थपलियाले गरेका हुन् । शिलान्यास समारोहमा नेता थपलियाले हाम्रो रीतिरिवाज जगेर्ना गरेको खण्डमा मात्र नयाँ पुस्ता सत्कर्ममा अगाडि बढ्न सक्ने बताए ।

प्रदेश सरकारबाट पहिलो चरणमा १८ लाख ७५ हजार प्राप्त रकममा निर्माण सुरु गरिएको धर्मशाला १२ कोठाको हुनेछ ।थानापति आमा र दामचन्द्र चन्द्र माला उनको सन्तान रहेकाले सोही नाममा धर्मशाला निर्माण हुन लागेको थानापति मन्दिर व्यवस्थापन समिति सदस्य पार्वती थपलियाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्