उपत्यकामा सवारी साधनमा हट्यो जोरबिजोर, फागुन १ गतेदेखि विद्यालय पनि खुल्ने



काठमाडौं,माघ २४ । सरकारले काठमाडौं उपत्यकामा सोमवारदेखि जोरबिजोर प्रणाली हटाएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार उपत्यकामा जोरबिजोर प्रणाली हटाइएको छ भने आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने छन् ।

उपत्यकाका तीन ओटै जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतवार मध्यरातबाट लागू हुने गरी सवारी साधानमा जोरबिजोर हटाउने निर्णय गरेको हो ।

कोभिड–१९ को संक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा गत माघ १४ गतेबाट केहि खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

प्रतिक्रिया दिनुहोस्