स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो । सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचन पहिले गर्ने की प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने भन्ने विषयमा मतभेद रहेको थियो । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएपछि गठबन्धनका नेताहरु जेठ महिनाभित्र नै निर्वाचन गर्ने विषयमा एकमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्