सिन्धुलीमा एक सय पचास भन्दा बढी महिला हराए, कहाँ गए होलान् ?



सिन्धुली,माघ २५ । जिल्लामा दुइ वर्षको अवधिमा १ सय ६१ महिला हराएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा ७४ महिला हराएको निवेदन आएको थिए भने ०७६\७७ मा ८७ महिला हराएको निवेदन आएका छन् ।

हराएका महिला मध्ये ८३ जना मात्र फेला परेका छन् । बाकीँ ७८ जना महिलाको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ०७५/७६ मा हराएका ७४ महिला मध्य ४४ जना फेला परेका छन् । आर्थिक वर्ष ०७६/७७ मा हराएका ८७ महिला मध्य ३९ जना फेला परेका छन् । यस्तै दुइ वर्षको अवधिमा ६७ बालिका हराएका छन् । आर्थिक वर्ष ०७५\७६ मा ३१ जना र ०७६/७७ मा ३६ जना बालिका हराएको निवेदन आएको नायब उपरिक्षक लामाले बताए ।

हराएका बालिका मध्ये ५५ जना बालिकाको जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ भने बाकीँ १२ जना बालिकाको खोजि कार्य भइरहेको छ । जिल्लामा दुइ वर्षको अवधिमा १३ जना बालक हराएका छन् । आर्थिक वर्ष ७६/७७ मा ९ र आर्थिक वर्ष ०७७/७८ मा ४ जना बालक हराएको निवेदन आएका थिए । हराएका १३ जना बालक मध्ये १२ जनाको उद्धार भएको छ भने १ बालकको खोजि कार्य भइरहेको छ । यस्तै दुइ वर्षको अवधिमा ४ जना जेष्ठ नागरिक हराएका छन् ।

आर्थिक वर्ष ०७६/७७मा २ जना र ०७७\७८ मा २ जना जेष्ठा नागरिक हराएको निवेदन आएको थियो । ती मध्य दुइ जनाको उद्धार भएको छ भने बाकीँ दुइको खोजि कार्य भइहरेको नायब उपरिक्षक लामाले बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलिया पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्