नुवाकोटको त्रिवेणीधामलाई व्यवसायी पाठकद्वारा आर्थिक सहयोग
नुवाकोट,माघ १५ । नुवाकोटको चर्चित धाम त्रिवेणीधामलाई व्यवसायी रमेशकुमार पाठकले आर्थिक सहयोग गरेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका पाठकले विभिन्न संरचना निर्माणाधीन सो धामलाई १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका हुन ।
आफ्ना स्वर्गीय आमाबाबाको सम्झनामा सो रकम सहयोग गरेको पाठकले बताएका छन् । उनले स्व.माता टपमाया तथा स्व. पिता गौरिविलास पाठकको स्मृतिमा मंगलबार त्रिवेणीधामलाई सहयोग गरेका हुन ।
हाल सो धाम क्षेत्रमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र, किरिया पुत्री भवन तथा राधाकृष्ण र खड्केलेश्वर महादेवको मन्दिर निर्माणाधीन अवस्थामा रहेको त्रिवेणी धाम संरक्षण समितिका अध्यक्ष लिलादेवी थापाले बताइन् ।

