गहुँबारीमा १९ वर्षीया महिला मृत भेटिए

रौतहट, माघ २६ । रौतहटको गहुँबारीमा एक महिलाको शव भेटिएको छ । रौतहटको ईशनाथ नगरपालिका–९ की स्थानिय १९ वर्षीया चाँदनी खातुनको शव गहुँबारीमा फेला परेको प्रहरीले जनाएको छ ।
महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको स्थानियले बताएका छन् । खातुनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
खातुनले चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह गरेकी थिइन् । विवाह भएपनि माइतीमै बस्दै आएकी उनी श्रीमानले फोन गरेर बोलाएपछि राति घरबाट निस्केकी थिइन् ।