एमसीसीविरुद्द नुवाकोटमा प्रर्दशन
नुवाकोट,माघ २६ । एमसीसीविरुद्द नुवाकोटमा प्रर्दशन भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) राष्ट्रघात भएको भन्दैँ उनीहरुले प्रदर्शन गरेका हुन ।
नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका युवाहरुको आयोजनामा सो प्रदर्शन भएको युवाहरूले बताएका छन् । एममसीसी राष्ट्रहित बिपरित भएकाले यसको अविलम्ब खारेजीको माग समेत उनीहरुले गरेका छन् ।
युवाहरुको समुहले एमसिसि खारेज गर , ५५ अर्बमा देश बेच्न पाइदैन, अमेरीकी हस्तक्षेप बन्द गर, अमेरीकी सेना चाहिदैन , राष्ट्रिय स्वतन्त्रता कायम गर जस्ता नारा लगाएका थिए ।
एमसिसिको बिरोधमा बट्टार क्याम्पस अगाडी युवाहरुले शाान्तिपुर्ण प्रर्दशन गरेको बताइएको छ ।

