४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यतिको इजाजतपत्र रद्द
काठमाडौं,माघ २७ । राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा संचालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटकपटक ताकेदा गर्दा पनि नबुझाएकाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले सो होटलको ५ तारे वर्गिकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका छन् ।
बुधबार नेपाल सरकार मन्त्रीस्तरियनिर्णयले याक एण्ड यति होटल लिमिटेड, दरबारमार्ग, काठमाडौंको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८।०९।२२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेका थियो ।
पर्यटन मन्त्री प्रेम बहादुर आलेले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लागयतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६–०७७ सम्मको बँकी बक्यौता आर्थिक वर्ष २०७७–०७८ को इजाजतपत्र नवीकरण दस्तुर, आ.व. २०७८–०७९ को रोयल्टी दस्तुर समेत गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैया ४२ पैसा नबुझाएकाले कानुन अनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको बताउनु भयो ।

