प्युठान जीप दुर्घटना : मृतकका परिवारलाई जाल्पाले दियो किरिया खर्च



प्युठान,माघ २७ । यसैसाता प्युठानको लिवाङमा जन्ती जीप दुर्घटनाबाट ज्यान गुमाएका ब्याक्तीका परिवारलाई किरिया खर्च प्रदान गरिएको छ।

शनिबार दुर्घटनामा मृत्यु भएका संस्था अन्तर्गतको केन्द्र नम्बर १५ कि उप प्रमुख बसन्ता खड्काको परिवारलाई जाल्पा सामुदायिक लघुबित्त बित्तिय सस्था लिमिटेड ठुलाबेशीले किरिया खर्च उपलब्ध गराएको हो । बुधबार गौमुखी गाउँपालिका – ६ का वडा अध्यक्ष लाल बहादुर खत्रीले मृतकको घरमै पुगेर किरिया खर्च वापतको ३२ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको सस्थाका ठुलाबेशी शाखा प्रमुख राजिब योगिले जानकारि दिए ।

संस्थामा आबद्व सदस्य जुनसुकै घटनाबाट ज्यान गुमाउनेका परिवारलाई जाल्पा लघुबित्तले किरिया खर्च र बिमा वापतको रकम उपलब्ध गराउँदै आएको छ। जीप दुर्घटनामा बसन्ता खड्का, उनको श्रीमान वसन्त बहादुर खड्का र छोरी यलिसा खड्का सहित आठ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा बेहुला बेहुली सहित ५ जना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्