सर्लाहीमा करेन्ट लागेर एक मजदुरको ज्यान गयो



काठमाडौँ, माघ २९ । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ। वाग्मती नगरपालिका- २ धरहरामा घर बनाउने काम गर्दै आएका एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो।

ज्यान गुमाउनेमा बागमती-८ शंकरपुरका २५ वर्षीय रामु महतो रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार घरको छत ढलानका लागि फलामे डण्डी मिलाउने क्रममा उनको करेन्ट लागेर आज (शनिबार) बिहान ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोको उपचारको लागि रिवनस्थित नमुना अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्